बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ५३ पटक पढिएको
बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

माघ २२, मकवानपुर । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच प्रदेशसभा सञ्चालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन्। प्रदेशसभाको माघ २३ गते बिहान ११ बजे बस्ने बैठकको कार्यक्रम र सत्तापक्ष र प्रतिपक्ष दल बिचको विवाद समाधानका लागि बैठक आह्वान गरिएको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस