माघ २३, काठमाडौँ । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत आठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार बैठकमा महत्वपूर्ण विषयहरू छलफलमा आउनेछन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विपक्षी दलका तर्फबाट उनले प्रदेश सरकारको कार्यशैली, समसामयिक राजनीतिक विषयहरू र जनसरोकारका मुद्दामा आफ्ना विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।