प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ५० पटक पढिएको
प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक

माघ २५, काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन् । आवासीय चिकित्सक (रेजिडेन्ट) हरु आकस्मिक बाहेक अन्य सबै सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

आवासीय चिकित्सकहरुले निजी मेडिकल कलेजमा काम गर्ने चिकित्सकहरुलाई पनि सरकारी सरह निर्वाह भत्ता दिइनुपर्ने र डिउटी समय तोकिनुपर्ने माग राखेका छन् । आकस्मिक बैठक डाक्नुअघि बिहीबार राति आवासीय चिकित्सकहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

बिहीबार रातिको छलफल सकारात्मक रहेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले बताए । आज बोलाइएको आकस्मिक बैठकको एजेण्डा आवासीय चिकित्सकको निर्वाह भत्ता र उनीहरुले मासिक रुपमा डिउटी गर्ने समय अवधि निर्धारण गर्ने रहेको चिकित्सा शिक्षा आयोग स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस