माघ २९, काठमाडौँ । सङ्घीय संसद राष्ट्रियसभा अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।