संसदको कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २९, मंगलबार (२ महिना अघि)
  • २४ पटक पढिएको
संसदको कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

|काठमाडौँ, २७ माघः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरु । तस्बिरः प्रदीपराज वन्त÷रासस

माघ २९, काठमाण्डौँ ।  प्रतिनिधिसभा बैठकमा मंगलबार (माघ २९) भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल नहुने भएको छ । सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल र पारित गरिने उल्लेख थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका निम्ति प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा राखिएको थियो । तर, दैनिक कार्यसूचीबाट हटाइएको छ । यो विधेयक ०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो । मंगलबारको बैठकमा मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट आएको सन्देश टेबल हुने कार्यसूचीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस