फागुन ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
फागुन ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

 

माघ ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको प्रतिनिधि सभा बैठकमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताएका हुन् ।

उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यहरुले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधबार दिनको ४ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिनसक्ने बताए ।

संघीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाहीहरू अघि बढाउन समितिका सभापति तथा सदस्यहरूको ध्यानाकर्षण गराए । प्रतिनिधि सभाको अर्को बैठक फागुन ४ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस