गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ५४ पटक पढिएको
गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

फागुन २, काठमाण्डौँ ।  गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ । माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो ।

शुक्रबारको बैठकमा सबै दलका नेताहरूले सम्बाेधन गर्ने भएका छन् । बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ ।

लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस