एकीकृत समाजवादी पार्टीका पोलिटब्युरोका सदस्य विदुर सापकोटाको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ८, बिहिबार (२ महिना अघि)
  • ४७ पटक पढिएको
एकीकृत समाजवादी पार्टीका पोलिटब्युरोका सदस्य विदुर सापकोटाको निधन

फागुन ८, काठमाण्डौँ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए। पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस