गालीगलौजको अपसँस्कृतिले जस्तो व्यवस्था र जो आए पनि देश बन्दैन : शंकर पोखरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १२, सोमबार (१ महिना अघि)
  • ५४ पटक पढिएको
गालीगलौजको अपसँस्कृतिले जस्तो व्यवस्था र जो आए पनि देश बन्दैन : शंकर पोखरेल

|dGtJo /fVb} dxf;lrj kf]v/]n काठमाडौF, ६ पुसM नेkfn कDo'lgi6 पा6L{ -एमाले_ पाटी{का महासचिव शंकर पोखरेल शनिबार काठमाडौFमा नेपाल बुद्विजीवी परिषद केन्द्रीय कमिटीको छैटौF बैठकमा मGtJo राख्दै । तस्बिरM हरिराम भेटुवाल÷रासस

फागुन १२, काठमाडौँ ।  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालीगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

आज (सोमबार) बिहान समाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘आजभोलि नेपाली समाजमा विशेष गरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन।’

महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति विश्वास र भविष्यप्रति आशावादी दृष्टिकोण आवश्यक रहेको बताए । उनका अनुसार काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरु यस्ता कुरामा गम्भीर हुनु पर्दछ’, महासचिव पोखरेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस