मेयर महर्जनकै उपस्थितिमा वडा कार्यालयसहित अनधिकृत संरचनामा डोजर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १२, सोमबार (१ महिना अघि)
  • ४३ पटक पढिएको
मेयर महर्जनकै उपस्थितिमा वडा कार्यालयसहित अनधिकृत संरचनामा डोजर

फागुन १२, काठमाडौँ । ललितपुर महानगरपालिकाले वडा कार्यालयको भवनसहित लगनखेलका संरचनामा डोजर चलाएको छ।आज (सोमबार) बिहान महानगरले ५ नम्बर वडा कार्यालय रहेको भवनसहितका १६ वटा सटरहरूमा डोजर चलाएको हो ।

अनधिकृत संरचना भत्काउँदा महानगरले धुलो नउडोस् भनेर सँगै पानी पनि प्रयोग गरेको छ। डोजर चलाउँदा महानगर प्रमुख चिरिबाबु महर्जन पनि उपस्थित छन् । महानगर प्रहरी बलका अनुसार लगनखेलमा रहेको पोखरीलाई बाहिरबाटै देखिने गरी संरचना बनाउन लागिएको हो ।

वडा कार्यालय र १६ वटा सटर हुँदा पोखरी छेकिने गरेको थियो । अब त्यसैलाई सडकपेटीबाटै देखिने गरी बार लगाउन लागिएको हो । त्यहाँको भवन भत्काउने भएपछि वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थान स्थित एक भवनमा सरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस