जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १५, बिहिबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

फागुन १५, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठक फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठनठन निर्माण अभियान’को समीक्षा हुने बताइएको छ ।

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस