फागुन १५, काठमाण्डौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताए । उनले संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताए । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।
उनले भने,‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन बिस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको छ ।