अर्थसहित दुईवटा समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • ३७ पटक पढिएको
अर्थसहित दुईवटा समितिको बैठक बस्दै

फागुन २०, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ मा पानी जहाज कार्यालय सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने तयारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस