बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

फागुन २०, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूका ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश ९म्यासेज० पठाएर संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् ।

‘फागुन २१ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ कांग्रेस सांसदहरूलाई पठाइएको सन्देशमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस