परराष्ट्रमन्त्री राणा भारत जाँदै, मोदीलाई ओलीको निम्तो दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
परराष्ट्रमन्त्री राणा भारत जाँदै, मोदीलाई ओलीको निम्तो दिने

फागुन २१, काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । आगामी चैत ४ देखि ६ गते मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुन उनी भारत जाने भएकी हुन् ।

सो क्रममा परराष्ट्रमन्त्री डा।राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । यसक्रममा उनले नेपालमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिने बताइएको छ ।

भारतका लागि नेपालका राजदूत डा।शंकर शर्माले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ताको समय मिलाइदिन आग्रह गरिएको बताइएको छ । नेपालमा आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद हुँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस