फागुन २३, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी शुक्रबार दिउँसो वीरेन्द्रनगर आइपुगेका हुन् ।
उनी विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् । उनले आजै कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम समेत छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ । प्रधानमन्त्री आउने कार्यक्रमसँगै बिहानैदेखि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।