त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघले गर्‍यो तोडफोड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २३, शुक्रबार (१ महिना अघि)
  • ५० पटक पढिएको
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघले गर्‍यो तोडफोड

फागुन २३, काठमाण्डौँ ।  सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

बिहीबार नेविसंघका कार्यकर्ताहरू आएर आफ्नो कार्यकक्षमा तोडफोड गरेको रेक्टरले केसीले जानकारी दिए। केसी कार्यकक्ष बाहिर रहेका बेला तोडफोड भएको हो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस