फागुन २३, काठमाण्डौँ । राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन् ।
मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ क अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए ।
उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ क ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो ।