प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै, प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ फागुन २५, आईतबार (१ महिना अघि)
  • ६३ पटक पढिएको
प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै, प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

फागुन २५, काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउँदै छन् । प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत १७ औं बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दैछन् ।

ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि भने धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल उदघाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस