माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन छलफलका सूची

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ फागुन २६, सोमबार (१ महिना अघि)
  • ४३ पटक पढिएको
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन छलफलका सूची

फागुन २६, काठमाण्डौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बताइएको छ ।

बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ ।

अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् । अभियान चैत ७ गतेसम्मका लागि तय भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस