डा. आरजु राणा भारत प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २६, सोमबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
डा. आरजु राणा भारत प्रस्थान

|परराष्ट्रमन्त्री डा देउवा स्वदेश फिर्ता काठमाडौँ, ८ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणमाबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै । तस्बिरः हरिराम भेटुवाल÷रासस

फागुन २६,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।

त्यसपछि मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै यही भ्रमणकै क्रममा मन्त्री डा. राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस