गणतन्त्रको रक्षाका लागि समाजवादीको आह्वान, सुशासनका निम्ति आन्दोलन गर्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ४७ पटक पढिएको
गणतन्त्रको रक्षाका लागि समाजवादीको आह्वान, सुशासनका निम्ति आन्दोलन गर्ने

फागुन २७, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको गतिविधिविरुद्ध एकतावद्ध हुन आह्वान गरेको छ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गणतन्त्रविरोधी शक्तिहरू सल्बलाइरहेको भन्दै त्यसको प्रतिकार गर्न सबै गणतन्त्रवादी शक्ति एक हुनुपर्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले पछिल्लो समयमा राजावादी, प्रतिगमनकारी, पुनःउत्थानवादी शक्तिहरू गणतन्त्रविरोधी षड्यन्त्रमा सक्रिय रहेको बताए।

उनले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको भन्दै यथास्थितिवादी शक्तिहरूको चालबाजीलाई परास्त गर्नुपर्ने आवश्यकता औंल्याए।

‘पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन। संविधान र गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ,’ प्रवक्ता ज्वालाले भने।

बैठकले रोजगारी र सुशासनका लागि संघर्षलाई अघि बढाउने निर्णय गर्दै त्यसको रुपरेखा सार्वजनिक गर्न चैत्र १ गते वृहत पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।

‘रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदै छौँ, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौँ।’ उनले भने।

ताजा अपडेट

खोजी गर्नुहोस