स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन पनि आजै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ४१ पटक पढिएको
स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन पनि आजै

फागुन २७, काठमाण्डौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ ।

यसैगरी दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबीविरोध गर्नका लागि फागुन २८ गते तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबीविरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ भने चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस