एमालेले भन्यो–पूर्वराजाको निर्देशन र उक्साहटमा भएका गतिविधि दण्डनीय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ५५ पटक पढिएको
एमालेले भन्यो–पूर्वराजाको निर्देशन र उक्साहटमा भएका गतिविधि दण्डनीय

फागुन २७, काठमाण्डौँ ।  सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै मुख्य सचेतक बर्तौलाले सो कुरा बताएका हुन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।

पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दण्डनीय भएको बताए । मुख्य सचेतक बर्तौलाले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन् । पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

विशेष गरी भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित ¥याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे । संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुनुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस