तोसिमा कार्कीको जोगियो सांसद पद, निर्वाचन आयोगको निर्णय बदर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
तोसिमा कार्कीको जोगियो सांसद पद, निर्वाचन आयोगको निर्णय बदर

फागुन २७, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चको यो फैसलापछि उनको सांसद पद जोगिएको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस