रिसाएका नागरिकलाई संवाद गरेर फकाउनु पर्छ : गगन थापा

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
रिसाएका नागरिकलाई संवाद गरेर फकाउनु पर्छ : गगन थापा

फागुन २७, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।

‘जनता असन्तुष्ट छन् । त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन । जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ।’ सांसद थापाले २०६२/०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नुपर्ने सुझाए ।

‘त्यो नागरिकको पंक्ति जो हिजोको २०६२/०६३ को जनआन्दोलनमा हामीसँग उभियो । जसले त्यत्रो परिवर्नतमा हामीलाई साथ दियो । जो आज रिसाएको छ, जो आज असन्तुष्ट छ । जो आज आक्रोशित छ । उनको कुरा सुन्नुपर्छ । उनीहरूसँग संवाद गर्नुपर्छ,’ उनले भने ।

‘काण्डहरूको छानबिन गर्न न सत्तापक्ष हुन्छ न प्रतिपक्ष’
महामन्त्री गगन थापाले भ्रष्टाचारका काण्डहरूको छानबिनमा सत्तापक्ष वा प्रतिपक्ष नहुने बताएका छन् । उनले सबै काण्डको छानबिन र दोषीमाथि कारबाहीका लागि साझा प्रतिबद्धता चाहिने बताए । थापाले नागरिकका असन्तुष्टि सम्बोधन पनि सत्तापक्ष र प्रतिपक्षको साझा मुद्दा हुनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस