‘अत्तालिएको र सन्तुलन गुमाएको’ अभिव्यक्ति नदिनुस् : राप्रपा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
‘अत्तालिएको र सन्तुलन गुमाएको’ अभिव्यक्ति नदिनुस् : राप्रपा

चैत्र २, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएका, सन्तुलन गुमाएका’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको बताएको छ ।

पार्टीले प्रचण्डको अभिव्यक्तिको घोर भर्त्सना गर्दै ‘राप्रपा मूकदर्शक भएर नबस्ने’ जिकिर गरेको छ। प्रचण्डलाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन चेतावनी समेत पार्टीले दिएको छ । राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका महामन्त्री डा धवल शमशेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस