राज्य कोषमा अनावश्यक भार पर्ने गरी कसैलाई सुविधा दिइने छैन : गृहमन्त्री लेखक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ७९ पटक पढिएको
राज्य कोषमा अनावश्यक भार पर्ने गरी कसैलाई सुविधा दिइने छैन  : गृहमन्त्री लेखक

चैत्र ४, काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टलाई दिँदै आएको सुविधाको बारेमा सरकार गम्भीर रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभामा बोल्दै उनले पूर्व विशिष्टलाई सुविधा प्रदान गर्दा राज्य कोषमा अनावश्यक भार पर्न नदिने र सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले भने, ‘पूर्व विशिष्टलाई दिइने सुविधाको बारेमा मस्यौदा निर्माण भएको छ यसले कानुनको रूप लिन सकेको छैन । सरकारले कानुन नै नबनाई पूर्व विशिष्टलाई सेवा सुविधा दिँदै आएको छ । त्यसैले कानुन नै बनाएर अघि बढ्न लागिएको हो । यदि नदिने हो भने पनि यही सदनले नदिने भन्ने कानुन बनाउनु पर्छ । यस्तो खालको पूर्व विशिष्टलाई सुविधा प्रदान गर्दा राज्य कोषमा अनावश्यक भार पर्ने गरी दिइने छैन । यसमा सरकार गम्भीर छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस