चैत्र ६,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025: Challenges and Opportunities in the Multipolar World, Nay Pyi Taw, Myamar on 21 March कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल हिजो साझ १० बजे म्यानमार प्रस्थान गरेका हुन् ।
अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेपछि पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कार्यबहाक अध्यक्षको जम्मेवारी पाएका छन् ।
स्रोतको अनुसार नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीको कार्य सम्पादन गर्नेछन् ।