राजतन्त्र फर्कदैन,राजतन्त्रात्मक सोचको चाँही अन्त्य गरौँ: नेता शर्मा

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ चैत्र ६, बुधबार (१ महिना अघि)
  • ११९ पटक पढिएको
राजतन्त्र फर्कदैन,राजतन्त्रात्मक सोचको चाँही अन्त्य गरौँ: नेता शर्मा

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै शर्माले समाजमा बाँकी रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहार भने अन्त गर्नै आवश्यक रहेको जिकिर गरे ।

उनले भने ‘वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन। बरु समाजमा बाँकी राजतन्त्रात्मक सोच शैली प्रवृत्ति व्यवहार भने अन्त गर्नै पर्दछ । आफैँभित्रको राजतन्त्र अन्त गर्न लाग्नु आजको मुख्य काम हो। राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशङ्कित हुन जरुरी छैन, होहल्ला गर्न जरुरी छैन’

लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र वा उन्नत लोकतन्त्र मात्र भएको भन्दै उनले लोकतन्त्रको विकल्प निरङ्कुशतन्त्र तानाशाहीतन्त्र कदापि हुन नसक्ने जिकिर गरे ।

आज देशमा केही पनि भएन र देशमा केही पनि हुँदैन भन्ने जो भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति समेत जनाए । उनले भने ‘पूर्वाधारको दृष्टिकोण ले होस या मानव सूचकाङ्कका दृष्टिकोणले हाम्रा तथ्याङ्कहरूले स्पष्ट गर्दछन्, हिजो भन्दा गुणात्मक प्रगति भएकै छ । खानेपानी होस् चाहे विद्युत् क्षेत्र होस् सबैतिर सुधार भएको छ । त्यसलाई जनताका बिचमा स्थापित नगर्ने समस्या एकातिर छ भने अर्कोतिर नयाँ पुस्ताका सोच आवाज र आवश्यकतालाई बुझ्नमा समेत समस्या छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस