प्रतिनिधि सभाको बैठक बस्दै, सांसदका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र ७, बिहिबार (१ महिना अघि)
  • ३७ पटक पढिएको
प्रतिनिधि सभाको बैठक बस्दै, सांसदका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने

चैत्र ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।

यस्तै अर्थमन्त्री पौडेलले निजीकरण पहिलो संशोधन विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस