रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरण मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र ८, शुक्रबार (४ हप्ता अघि)
  • ४० पटक पढिएको
रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरण मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै

चैत्र ८, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।

लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् । सो मुद्दामा माघ २ गते लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस