प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरहरुको मञ्च तयार हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ४६ पटक पढिएको
प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरहरुको मञ्च तयार हुँदै

चैत्र १५,काठमाडौँ । काठमाडौँको भृकुटीमण्डप परिसरस्थित प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ । त्यसका लागि अहिले मञ्च निर्माणको काम भइरहेको छ ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मञ्च निर्माण गरिरहेको छ । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

आजै राजावादीहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने तयारी छ । दुवै समूह प्रदर्शनमा उत्रिने भएपछि आज काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस