प्रतिनिधिसभा बैठक चैत १७ गतेसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ६५ पटक पढिएको
प्रतिनिधिसभा बैठक चैत १७ गतेसम्मका लागि स्थगित

चैत्र १५, काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत १७ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर सवा १ बजेसम्मका लागि सारिएको थियो ।

दलहरूबीच सहमति जुट्न नसकेपछि संसद् बैठक बुधबारबाट सुचारु हुन सकेको छैन । बिहीबार पनि संसद् चल्न नसकेपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे गरी बैठकको समय तोकेका थिए ।

प्रतिपक्षमा रहेका दलहरूले बुधबारको बैठकको सुरुवातमै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने भन्दै अवरोध गरेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान राखिरहेका छन् । तर, सत्ता पक्ष उनीहरूको माग सम्बोधन गर्न तयार देखिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस