पूर्वराजालाई पम्फा भुसालको सुझाव : राजनीति गर्ने रहर भए दल खोलेर आऊ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ५८ पटक पढिएको
पूर्वराजालाई पम्फा भुसालको सुझाव : राजनीति गर्ने रहर भए दल खोलेर आऊ

चैत्र १५, काठमाण्डौँ ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले निरंकुश राजतन्त्र पुनरागमन सम्भव नभएको दाबी गरेकी छन् । समाजवादी मोर्चाद्वारा शुक्रबार (आज) काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘मान्छे मरेपछि फेरि बाँच्न सक्दैन । निरंकुश राजतन्त्रको पुनरागमन सम्भव छैन’, भुसालले भनिन् । नागरिक दोस्रो दर्जाको नागरिक हुन इच्छुक नभएको उनले बताइन् । ‘नागरिक वर्गको अधिकार छाडेर सामन्ततिर फर्किनेवाला छैनन्,’ उनले भनिन् ।

उनले सरकारले पनि आगोमा घ्यू थप्ने काम गरिरहेको टिप्पणी गरेकी छन् । ‘सरकारले पनि आफूलाई सच्याऊ र सुशासनको अभियान अगाडि बढाऊ । आगोमा घ्यू थप्ने काम मात्रै गरेर नबस,’ उनले भनिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमार्फत आउन चुनौती समेत दिइन् । भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिइन् ।

भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरिन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैं दल खोल अथवा राप्रपाबाट आऊ । दुई तिहाइ ल्याएर राष्टपति र प्रधानमन्त्री बन,’ उनले भनिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस