आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १८, सोमबार (२ हप्ता अघि)
  • ४९ पटक पढिएको
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै

चैत्र १८, काठमाडौँ । सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयर आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ । बैठक सवा ११ बजे बस्दैछ ।
अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ । यी विधेयकहरू सोमबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ । त्यसैले आजै छलफलसहित पारित गर्ने तयारी गरिएको हो ।

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज दफाबार छलफल गरी प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित गर्ने सहमति भएको छ । यसअघि कुलमान घिसिङको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सुरुमै सम्बोधन गर्ने सहमति भएपछि विधेयक पनि पारित हुने भएको हो ।

दुवै सदनबाट पारित भएपछि यो विधेयक राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनेछ । र, कानून बन्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस