चैत्र १९, काठमाडौँ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद बोहोराको उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा मंगलबार निधन भएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्ला केही वर्षयता घाँटीमा समस्या आएपछि उनी बोल्न नसक्ने अवस्थामा थिए । उनले निर्वाचनमा समेत एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । रुपन्देही क्षेत्र नम्बर(३ बाट निर्वाचित सांसद बोहोराले तत्कालीन गृहमन्त्री बालकृष्ण उनकी छोरीको पनि केही समयअघि निधन भएको थियो ।