प्रधानमन्त्री ओली र मोदीबिच बैंककमा साइडलाइन भेट तय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २०, बुधबार (२ हप्ता अघि)
  • ७८ पटक पढिएको
प्रधानमन्त्री ओली र मोदीबिच बैंककमा साइडलाइन भेट तय

चैत्र २०,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रबार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।

नेपालका प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसकेका छन् भने भारतका प्रधानमन्त्री मोदी भोलि थाइल्यान्ड पुग्नेछन् । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । श्रीलङ्का उड्नुअघि प्रधानमन्त्री अ‍ोलीसँग भेटघाटको समय राखिएको श्रोतले बताएको छ ।

भारतका प्रधानमन्त्री मोदी अप्रिल ४ मा थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान गर्ने कार्यक्रम छ । उनी श्रीलङ्काबाट अप्रिल ६ मा भारत फर्किने छन् । यता प्रधानमन्त्री ओली थाइल्यान्डबाट अप्रिल ५ अर्थात् चैत २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बिचको सम्बन्धमा पछिल्लो समय चिसोपना देखिँदै आएको छ । नेपालको तर्फबाट मोदीले भ्रमणको निमन्त्रणा पाए पनि हालसम्म आएका छैनन् । उता भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस