आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २८, बिहिबार (१ हप्ता अघि)
  • ४० पटक पढिएको
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

चैत्र २८, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे सुरु हुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ । त्यस्तै बिहान ११ बजेको लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ मा दफावार छलफल हुँने कार्यसूचीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस