दीपक बोहोराको निधनपछि प्रतिनिधिसभामा थप एक स्थानमा रिक्तता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र ३०, शनिबार (१ हप्ता अघि)
  • ३७ पटक पढिएको
दीपक बोहोराको निधनपछि प्रतिनिधिसभामा थप एक स्थानमा रिक्तता

चैत्र ३०, काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् । सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो । यसअघि रवि लामिछाने र टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा परेपछि उनीहरू पनि निलम्बनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस