संग्रौलालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र ३१, आईतबार (६ दिन अघि)
  • ६९ पटक पढिएको
संग्रौलालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

चैत्र ३१,काठमाडौँ । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले सङ्ग्रौलालाई अदालतको अवहेलना हुनेगरी सङ्ग्रौलाले उक्त अभिव्यक्ति दिनुको कारण लिखित जवाफ सहित उपस्थित हुन आदेश गरेको हो ।

तीन दिनभित्र लिखित जवाफसहित बयानका लागि उपस्थित हुन आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । उक्त आदेशविरुद्ध अदालतले अवहेलना हुनेगरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनुपर्‍या छ ।’

त्यसयता सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी थिइन् । आदेशविरुद्ध टिकाटिप्पणी गरेर उनले अदालतको अवहेलना गरेको जिकिरसहित कानुनका विद्यार्थी प्रान्जल केसीले ज्वालालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सङ्ग्रौला यसअघि २०७८ मा रंगभेदी अभिव्यक्तिका कारण पक्राउ परेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँ उनलाई धरौटीमा छाडेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस