ज्ञानेन्द्र शाहले दिए नयाँ वर्ष–२०८२ को शुभकामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ३१, आईतबार (६ दिन अघि)
  • ६२ पटक पढिएको
ज्ञानेन्द्र शाहले दिए नयाँ वर्ष–२०८२ को शुभकामना

चैत्र ३१,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे सुन्दा दुःख लागेको बताएका छन् ।

नयाँ वर्ष–२०८२ का अवसरमा भिडियो सन्देश जारी गर्दै शाहले तीनकुने घटनामा दुःख व्यक्त गरेका हुन् । उनले स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने पनि बताएका छन् । प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उनको सन्देशमा उल्लेख छ ।

देशमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्‍याउँदै आएको पूर्वराजा शाहको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस