सरकारले अपेक्षाकृत काम गर्न सकेन् : महामन्त्री थापा

सरकारले अपेक्षाकृत काम गर्न सकेन् : महामन्त्री थापा

बैशाख २,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् ।

काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताए ।

महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको बताए । ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’, उनले अघि भने, ‘मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन । ‘

ताजा अपडेट

खोजी गर्नुहोस