प्रजातन्त्र सेनानी श्रेष्ठ रहेनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ३, बुधबार (३ दिन अघि)
  • ३५ पटक पढिएको
प्रजातन्त्र सेनानी श्रेष्ठ रहेनन्

बैशाख ३, काठमाडौँ । प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति निधन भएको हो । विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस