बैशाख ३,काठमाडौँ । सरकारले हिजो (मंगलबार) साँझ मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरूबारे जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले शिक्षकका जायज मागहरु सम्बोधन र बजेटसम्बन्धी छलफलका लागि अधिवेशन आह्वान गरिएको जानकारी दिए ।
त्यस्तै, चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।
बैठकले हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए