ओली सरकारले गति बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

ओली सरकारले गति बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

बैशाख ४,काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा सरकारको गति बढाउनुसँगै गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

गठबन्धन सरकार भन्नेबित्तिकै एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको उहाँको भनाइ छ । प्रवक्ता महतले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने काम नहुने पनि बताए ।

प्रमुख प्रतिपक्षी दलले सरकार ढलिहालोस् भन्ने कामना गर्नु स्वाभाविक धर्म नै रहेको भन्दै महतले प्रचण्डले भनेको कुरामा टिप्पणी नरहेको तर उनले भन्दैमा सरकार ढल्ने र बन्ने कुरा नहुने उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस