बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेट, गणतन्त्र जोगाउन एकजुट

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख ६, शनिबार (४ घण्टा अघि)
  • ४५ पटक पढिएको
बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेट, गणतन्त्र जोगाउन एकजुट

काठमाडौं । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा साढे ५ बजे सुरु भएको तीन नेताको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ खरेलले बैठकपछि भने ।

संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिक्षक र आवासिय चिकित्सको आन्दोलन जारी रहँदा भोलिदेखि राप्रपाले प्रर्दशन गर्ने भएपछि तीन नेताबीच छलफल भएको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस