राप्रपाको निषेधित क्षेत्र तोड्नेबारे गृह मन्त्रालयको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख ६, शनिबार (२ घण्टा अघि)
  • ३६ पटक पढिएको
राप्रपाको निषेधित क्षेत्र तोड्नेबारे गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोली काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गृह मन्त्रालयले भनेको छ‚ ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२।१।७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । यसका साथै मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

राप्रपाले आइतबार काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्दै छ । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक घटनामा पक्राउ भएकालाई रिहाइ नगरेको भन्दै राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस