राप्रपाको प्रदर्शन बिजुली बजारमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ७, आईतबार (४ घण्टा अघि)
  • ६४ पटक पढिएको
राप्रपाको प्रदर्शन बिजुली बजारमा

काठमाडौँ । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

राप्रपाले तीनकुने घटनाका आरोपी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवलशमशेर राणा लगायतको रिहाईको माग गर्दै आज काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्न निर्णय गरेको हो । प्रदर्शनका लागि मध्यान्न १२ बजे बिजुली बजारमा आउन कार्यकर्तालाई आह्वान गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्ने राप्रपाले बताएको छ । तीनकुने घटनामा नेताहरु मिश्र र जबरा पक्राउ परेदेखि विरोधका कार्यक्रम गर्दै आएको राप्रपाले २६ चैतमा बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ गर्नुपर्ने नभए आन्दोलन चर्काउने चेतावनी दिएको थियो ।

राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले हिजै विज्ञप्ति जारी गर्दै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयले यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । साथै मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस