प्रदर्शन शान्तिपूर्ण हुन्छ सरकार डराउनु पदैन : राजेन्द्र लिङ्देन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख ७, आईतबार (५ घण्टा अघि)
  • ५२ पटक पढिएको
प्रदर्शन शान्तिपूर्ण हुन्छ सरकार डराउनु पदैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्धको प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । उनले सरकारविरुद्धको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने भएकाले सरकारलाई नडराउन समेत भनेका छन् छन् ।

उनले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँ भन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन रहेको बताए ।

उनले भनेका छन्, ‘हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’

राप्रपाले राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । साथै राप्रपाले तीनकुने घटनाका आरोपी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवलशमशेर राणा लगायतको रिहाईको पनि माग गर्दै निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस